Nepalese / नेपालीमा

हेल्लो,

मेरो नाम खड्ग श्रेष्ठ (काजी) नेपालको  राजधानी काठमांडू नेपाल बाट आएको हूँ। म अहिले अठाईस बर्ष को भए अनि ऍम. बी. ए.  मार्केटिंग लिएर तेस्रो सेमेस्टर मा अध्ययनरत छु ।  नेपाल मा महिले बि.बि.ए. सिधाए पछि  मेरो आफ्नै बिज़नस फम मा काम पनी गरे. जब म काम गरे तब महिले अनुभब गरे की महिले अंतरराष्ट्रीय अनुभव पनि लिनु पर्ने रहेछ तेसैले महिले कुन देश राम्रो हुन्छ होला भन्ने खुल्दुली भयो जसमा तेस्ता धेरै देश हरु थिए जहाँ म  पढने सोच बनाएको थिए जसमा जर्मनी, अमेरिका, इंगलैंड, अस्ट्रेलिया, अनि न्यूजीलैंड अन्तमा  एका एक मेरो मस्तिस्कमा मेड इन् जर्मनी भन्ने स्लोगन ले प्रभावित बनायो।                                                                                                                                    

अनि जर्मनी जाने सोच बनाएर प्रोसेस चाले अनि सुरुमा जर्मनी को औसबर्ग भने ठाउमा आएअनि जेर्मन भाषा को क्लास सुरु गरे अनि जेर्मन भाषा मा राम्रो दक्षता हासिल गरेपछि इन्टरनेट मा उनिवेर्सिटी खोज्ने क्रममा विश्वविद्यालय व्यावहारिक विज्ञान (University of Applied Sciences in  Hof ) पत्ता लगाई प्रोसेस चाले पछि त्यहाँ पढने अवसर मिल्यो । 

जब म पहिलो पटक विश्वविद्यालय आए आउने बितिकै त्यहाका कर्मचारी ले मलाई स्वागत गर्नु भयो अनि  विश्वविद्यालयको बस्तुस्थिति को बारेमा पुरा जानकारी गराउनु भयो। जसले मलाई झन् यहाँ पढनाका लागी उत्साहित गरायो। हाम्रो विश्वविद्यालय बाट होफ सिटी एकदम राम्रो संग देख्न सकिन्छ जुन बजार  भन्दा माथि अबस्थित छ। जुन सकारात्मक प्रभाब ले मेरो पुरै पढाई लाई अगाड़ी लानमा ठुलो मद्दत मिलेको छ। हाम्रो विश्वविद्यालय पुरै नया बिल्डिंग हो जसमा पढने सामग्रीहरु पुरै अत्याधुनिक छन् जहाँ कुनै किसिमको कमीको अनुभब नै हुदैन। यहाका प्रोफेसरहरु धेरै मिलनसार, धेरै बिज्ञ छन् अनि धेरै सहयोगी पनि छन । यहा धेरै देशका विद्यार्थीहरु छन्। उनीहरु एक अर्कामा परेको समस्या हल गर्न धेरै तत्पर हुन्छन। यसरी राम्रो साथीहरुको परिचय बाट मेरो होफ बसाईमा धेरै सन्तुस्ट हुनुका साथै रमाएको पनि छ। जुन अरु विश्वविद्यालयमा एस्ता अनुभब कमै गर्न पाइन्छ। यहा बाहिर देशका विद्यार्थीहरुका लागी धेरै राम्रा राम्रा समारोहहरुको आयोजना गर्ने गरिन्छ। जसमा हामीले २००९ मा क्रिसमस पार्टीमा बाहिर देशका विद्यार्थीहरुले आ-आफ्नो देशका खाना बनाएर जर्मनी विद्यार्थीहरुका साथै  प्रोफेसरहरुलाई खुवाएका थियौ जसमा उनीहरु धेरै रमाइरहेका देखिन्थे। हाम्रो विश्वविद्यालयमा  हामीले विभिन्न किसिमका सांस्कृतिक अनी खेलकुद संम्बन्धी कुराहरुमा राम्रो अनुभब गर्ने मौका पाएका छौ। जस्तै होफेर थिएटर अनी गर्मि याममा बीच भोलिबल प्रतियोगिता पनि आयोजना गरेका थियौ जसमा हामीले रातिको एक बजेसम्म खेलेको एउटा उदाहरण ताजै छ । हाम्रो विश्वविद्यालयले तेस्तै धेरै अरु किसिमका खेल को आयोजना गर्ने गर्दछ अनी धेरै किसिमका खेल खेल्न पाइन्छ जस्तै टेनिस, फिटनेस सेन्टर, बैडमिंटन, भोलिबल तेस्तै अरु धेरै खेलहरु।  

एसैगरी महिले मेरो एम्.बी.ए. को पढाई बाट पनि धेरै कुरा सिक्न पाएको छु । जसमा सॉफ्टवेर माँ आधारित रहेको विषयमा साथीहरु संग सरसल्लाह गरी कसरी हाम्रो विषयमा कस्ता कस्ता सामग्री को प्रयोग गरी आफ्नो लक्ष्य पूरा गर्न सकिन्छ भन्ने बारेमा ध्यान दिन्छौ। विशेष रूप बाट प्रभावकारी  बनाउनाका लागी बिभिन्न किसिमका सामग्री साथै सानो सानो  समूह बनाएर पढने गर्दछौ। सबै भन्दा उपयोगी कुरा त विभिन्न कंपनि  र व्यापारिक मेला हरुमा  जाने उनीहरूले प्रयोग गरेका रणनीति सिक्ने अनुभव सगाल्नमा नै हामी व्यस्त हुन्छौ । अझ रमाइलो अनी उपयोगी कुरा त महिले दोस्रो सेमेस्टर मा लिएको विषयमा त प्रत्तेक हप्प्ता फरक फरक बिज़नस फम मा गई २ देखि ३ घंटा  सम्म तेस फमको सिस्टम बुझने अनी त्यहाको बिज़नस मेन को कुराहरु सुन्ने गर्छौ अनी क्लास मा फेरी तेस्को बारेमा सल्लाह  गर्ने गर्छौ।

अहिले मेरो तेस्रो सेमेस्टर सबै राम्रो संग पास गरे अब अर्को सेमेस्टर मा मास्टर थेसिस मा व्यस्त हुन्छु । तेसपछि मेरो पढाई सबै सकिन्छ अनी काम खोज्ने क्रम सुरु हुन्छ। तेसैले महिले जे जती मेरो विश्वविद्यालयमा सिकेको अनी भोगेको कुरा यहां लेखेको छू। तेसैले म नया ऍम. बी. ए.  पढ़ने सोचमा होफ विश्वविद्यालयमा आउने बिद्यार्थीहरुलाई हृदय देखि शुभकामना दिन चाहन्छु। अनि तपाई हरुले राखेको इच्छा पनी विश्वविद्यालयले पूरा गर्ने छ भन्ने आशा लिएको छु। 

काजी श्रेष्ठ                                                                                                                                                                होफ, २०१०

Campuses

Corner

Campus Hof

Alfons-Goppel-Platz-1
95028 Hof

Campus Münchberg

Kulmbacher Str. 76
95213 Münchberg